नियम ४१
सार्वजनिक हक वा सरोकारको विवाद सम्बन्धी निवेदनमा संलग्न गर्नु पर्ने कागज
निवेदकले सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानूनी प्रश्नको निरूपणको लागि दिने निवेदनको साथमा देहायका प्रमाण कागज संलग्न गर्नु पर्नेछ :-
(क)   नियम ४० को उपनियम (२) को खण्ड (च) बमोजिमको जानकारी दिएको निस्सा,
(ख)   निवेदकले उठाएको विषयमा निजले वा अरु कसैले अध्ययन अनुसन्धान गरेको वा आधिकारिक तथ्याङ्क प्रकाशन गरेको भए सो अध्ययन प्रतिवेदन वा प्रकाशन,
(ग)    निवेदनको बेहोरालाई समर्थन हुने अन्य कुनै प्रमाण भए सो प्रमाण ।